दफा १३६
एकै दिनको तारिख तोक्नु पर्ने

(१) पक्षहरू तारिखमा बसेकोमा अदालतले दुवै पक्षलाई एकै दिनको तारिख तोक्नु पर्नेछ ।
(२) अदालतले फिरादपत्र दर्ता भएपछि बादीलाई प्रतिउत्तरपत्र दाखिला हुने म्यादको अड्कल गरी प्रतिउत्तरपत्र पर्नेवा पर्न सक्ने अवधि कटाई तारिख तोक्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम तारिख तोकेको दिन प्रतिबादीले प्रतिउत्तरपत्र पेश गरेको दिनसँग मेल नखाएमा त्यसपछिको तारिखबादी र प्रतिबादी दुवैलाई एकै दिन हुने गरी तोक्नु पर्नेछ ।